वागमतीमा दुई मन्त्री थपिँदै, अर्थमा जमरकट्टेल – Nepal Press

वागमतीमा दुई मन्त्री थपिँदै, अर्थमा जमरकट्टेल

काठमाडौं । वागमती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले माओवादीबाट एक र कांग्रेसबाट एक गरी आज दुई मन्त्री थप्न लागेका हुन् ।

माओवादी केन्द्रका नेता युवराज दुलालका अनुसार माओवादी केन्द्रको प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेल र नेपाली कांग्रेसका निमा लामा मन्त्री बन्न लागेका हुन् । यसअघि आन्तरिक मामिला मन्त्री भइसकेका जमरकट्टेल आर्थिक मामिला तथा योजना र पहिलोपटक मन्त्री बन्न लागेका लामा स्वास्थ्य मन्त्री बन्ने छन् । उनीहरूको साँझ ५ बजे सपथ गराउने तयारी छ ।

११ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले ४ जनाको मन्त्रिमण्डल बनाएका थिए । यसअघि नै सामाजिक विकास मन्त्रीमा माओवादी केन्द्रकी कुमारी मोक्तान, आन्तरिक मामिला तथा कानून मन्त्रीमा एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल र भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेसका कृष्णलाल भडेल नियुक्त भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर