थप ४ लाख ९२ हजार डोज अस्ट्राजेनेका खोप नेपाल आइपुग्यो – Nepal Press

थप ४ लाख ९२ हजार डोज अस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

काठमाडौं । गएराति नेपालमा थप ४ लाख ९२ हजार डोज कोभिडविरुद्धको अस्ट्राजेनेका खोप आइपुगेको छ । कोभ्याक्स संयन्त्र र स्विटजरल्यान्ड सरकारले उपलब्ध गराएको सो परिमाणको खोप नेपाल आइपुगेको हो ।

खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ। नेपालमा अहिलेसम्म कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सन गरेर अहिलेसम्म २ करोड २० लाख ८० हजार ९३० डोज खोप आइसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर