‘साहुजी कमरेड’लाई ‘बा सँस्कृति’ मन नपर्नुका पाँच कारण – Nepal Press

‘साहुजी कमरेड’लाई ‘बा सँस्कृति’ मन नपर्नुका पाँच कारण

नेकपा एमालेका केही नेता र युवापुस्ता कार्यकर्ताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘बा’ भन्छन् । ‘बा’ एउटा सम्मानपूर्वक गरिने सम्बोधन पनि हो ।

‘ए दाइ, ए बैनी’ भनेझैं परिचयनै नभएका जेष्ठ नागरिकलाई पनि ‘बा’ भनेर सम्बोधन गर्नु हाम्रो सुशीलपन हो । उसो त, बा-आमा र गुरू व्यवहारिकरूपमै देवत्वकृत छन् ।

पार्टी अध्यक्षलाई ‘बा’ मान्दा गैरकम्युनिस्ट चरित्र हुन्छ भनेर एकथरी वौद्धिकको कोकोहोलो पनि मनोरन्जनयोग्य छ । यो डिस्कोर्सलाई राजनैतिक जार्गनको टेण्टबाट बाहिर निकालेर ‘बा-संस्कृति’को केस्राकेस्रा केलाउन जरूरी देखिन्छ ।

१. पहिलो कुरा कम्युनिस्ट चरित्र के हो ? भन्ने कुरा प्रष्ट परिभाषित गर्नुपर्ने हुन्छ । समाजिक चरित्र र व्यवहार समाजको सापेक्षतामा हुन्छ । नर्थ अमेरिका र एसियाको कार्य संस्कृति आधारभूत रूपमै फरक छ । कुन ठीक, कुन बेठिक ? विद्धानहरुले पर्गेल्नु होला ।

म संस्कृतिविद् होइन, मात्र सँस्कृतिको ‘युजर’ हुँ । संस्कृतिको ‘डेभलपर’को भूमिकामा पनि म छैनँ । मेरो गच्छेअनुसार बुझ्छु, ‘युजर’को नाताले सुधार र परिमार्जनका लागि पृष्ठपोषण यथाशक्य गर्छु । ‘निखरा दुधले धोएको कम्युनिस्ट हुँ’ भन्दै हिँड्नेहरूका चरित्र हामीले देखेकै छौं, त्यसमा व्याख्या जरूरी भएन ।

खासमा, वैज्ञानिक ज्ञानको आधारमा तर्कसंगत देखिएको ज्ञान र व्यवहार संश्लेषणको जीवन पद्दति, जसले समाजलाई समानता, न्याय र समृद्धितर्फ लैजाने गोरेटो खोल्छ । त्यो संस्कृतिलाई, व्यवहार र चरित्रलाई कम्युनिस्ट चरित्र भन्न सक्छौं ।

कम्युनिष्ट चरित्र भनिएको व्यवहार निराकार, निरन्जन, अलौकिक त होइन होला ? कम्युनिस्ट भनेर जनताको प्रतिनिधित्व गर्नेमै खोज्न पर्‍याे व्यवहार । व्यवहार त हावामा हेर्न मिल्दैन, व्यक्तिमै खोज्ने हो । व्यक्तिका प्रतिनिधिमा खोज्न पर्यो, प्रतिनिधिले बनाएका संस्थामा खोज्न पर्‍याे ।

२. कम्युनिस्टको मूल आधार वैज्ञानिक रूपमा अध्ययन, अनुसन्धान र विश्लेषणको आधारमा समाजको यथार्थ नियाल्ने हो । अब हेरौं, बा-सँस्कृति’लाई ।

‘बा’ भनेको जन्म र कर्म दिने व्यक्ति, श्रद्धायोग्य जेष्ठ नागरिक । आमरूपमा बुझ्दा जसले आफूले नखाएर पनि हामीलाई खुवाउँछ, आफू थोत्रो लगाएर भए पनि हाम्रो आङ ढाक्ने जोहो मिलाउँछ, त्यो व्यक्ति ‘बा’ हो ।

कम्युनिस्ट नेतालाई भूमिगत बस्दा सेल्टरदाता कमरेडहरूले बा-आमालाई सक्षम छोराछोरीले लालन-पालन गरेझैं पालेको कुरा कसरी बिर्सन मिल्छ ? के त्यहाँ सेल्टरमा बसेका कमरेडहरूले त्यस घरका नानीबाबुलाई आफ्नै छोराछोरीझैं माया-व्यवहार गरेका थिएनन् होला त ?

‘बा’ जन्मले मात्र हुँदैन, कर्मले पनि हुन्छ । अग्रज नेताले आफ्ना कार्यकर्तालाई सन्तानलाई जस्तै व्यवहार गर्नु वा त्यस्तो व्यवहारको अपेक्षा गरिनु कसरी गैरकम्युनिस्ट हुन्छ ?

नेताले वैचारिकरूपमा कार्यकर्ता भित्र एउटा नयाँ ‘मिसनरी–व्यक्तित्व’को जन्मदिन्छ । कम्युनिस्ट पार्टीको जनवर्गीय संगठनमा झण्डै चार दशकअघि आबद्ध भइरहँदा मेरो नयाँजन्म भएजस्तो अनुभव भएको थियो । पञ्चायतको त्रासद जंगलमा स्वयम् राँको जस्तो प्रज्ज्वलित भएको अनुभव गरेको थिएँ । विचारको बिउ रोपेर मलाई कम्युनिस्ट बनाउने गुरू, मेरा पूज्य दाइलाई अहिले पनि ‘बा’समान श्रद्धा, विश्वास र मान गर्छु । उहाँले मलाई वैज्ञानिक चिन्तन र जीवनशैलीको नयाँ जीवन दिनु भयो । मैले उहाँलाई ‘बा’ मान्दा कसैलाई किन आपत्ति ?

कम्युनिस्ट नेतालाई भूमिगत बस्दा सेल्टरदाता कमरेडहरूले बा-आमालाई सक्षम छोराछोरीले लालन-पालन गरेझैं पालेको कुरा कसरी बिर्सन मिल्छ ? के त्यहाँ सेल्टरमा बसेका कमरेडहरूले त्यस घरका नानीबाबुलाई आफ्नै छोराछोरीझैं माया-व्यवहार गरेका थिएनन् होला त ?

‘बा-संस्कृति’को विरोध गर्ने कामरेडहरूले यस्ता चुत्थो वचनको विरोध गरेको सुनेको छैन । त्यस्तो चुत्थो र अमानवीय शब्द त उहाँ विद्धानहरू नि बोल्नु हुन्छ, चित्त नबुझेपछि वा मागेको-भाग नपाएपछि । पारा त उहीं नै हो ।

होल-टाइमर कामरेडका बच्चाहरू अरूको घरमा छाडेर भूमिगत जीवन बिताए, बच्चाहरूले सेल्टरदाता कमरेडहरूलाई बा-आमाकै व्यवहार र श्रद्धा गरेनन् होला र ? गरे होलान् नि ! अनि हिजोको त्यो पारिवारिक जस्तो सम्बन्ध अहिले स्मरण मात्र गर्दा पनि ‘बा’ भन्ने सम्बोधन कसैलाई किन काउसो लाग्छ विद्धानहरुलाई ?

३. केही कमरेडहरूको बोली यति अप्रीय छ कि, त्यो सुन्दा जिन्दगीभर माननीय कमरेडको अनुहार नहेर्नु परोस् भन्ने मनमनै कामना गर्छु । सबै कमरेडको कुरो होइन, प्रदीप ज्ञवाली जस्ता स्तुत्य-मृदुभाषी कमरेडहरू नभएका कहाँ हुन् र नेपाली कम्युनिष्ट आन्दोलनमा ? तर आमरूपमा कमरेडहरूले दुस्मन-सुराकी वा व्यभिचारी-भ्रष्टाचारीलाई होइन, हिजोसम्मका मित्र, सदाचारी र जीवनमूल्य बोकेकालाई पनि कुरा नमिल्दाको अर्को दिनदेखि यति निकृष्ट शब्द प्रयोग गर्नुहुन्छ कि, ती शब्द बोल्नेसँग कहिल्यै भेट्न वा व्यवहार गर्न नपरोस् जस्तो लाग्छ ।

‘बा-संस्कृति’को विरोध गर्ने कामरेडहरूले यस्ता चुत्थो वचनको विरोध गरेको सुनेको छैन । त्यस्तो चुत्थो र अमानवीय शब्द त उहाँ विद्धानहरू नि बोल्नु हुन्छ, चित्त नबुझेपछि वा मागेको-भाग नपाएपछि । पारा त उहीं नै हो ।

अनि सामान्य बोली-व्यवहारको सीमा चाहिँदैन कामरेड ? ठूलाठूला संस्कृतिको कुरा गर्नेसँग । ढलभित्र रमाएर बस्ने, मानव मलमुत्र लागेर ढलगर्त फोहोरको विरोध गरेको शोभायमान हुन्छ ? पहिला ढलमा बस्न छोड्नुस्, त्यहाँ रमाउन छोड्नुस, नुहाउनुस् सफा पानीले अनि कुरा गरौंला विद्धान कामरेड ।

त्यस्ता शब्द र व्यबहार गर्ने कमरेडले बा-संस्कृतिको विरोध गर्नुको अन्तर्य हो, उहाँहरूलाई हार्दिकतामय, प्रेममय (वर्गीय प्रेम), करूणामय कार्यकर्ता-नेता सम्बन्धको सपनानै छैन । सम्बन्ध त कुनै बगरे र बाख्राको जस्तो छ । जतिबेला बेला लुछ्न मन लाग्यो, अनि मार हान्यो खुकुरीले गर्धनमा अनि लुछ्यो चोक्टा ।

जब भोलि जनता-कार्यकर्तालाई स्वार्थ पुग्छ अनि मार हान्नु छ भने त्यहाँ बा-आमा जस्ता पवित्र शब्दको सम्वन्ध त कामै छैन । बा प्रधानमन्त्री बनेर एउटी छोरीलाई पद दिलाउन मतपत्र च्यात्ने, अर्की छोरीको पाठेघरमा बन्दुकको कुन्दाले पारेका घाउ उपचार गर्न नसकेर महिनाभरी नै रगत बगाउनुपर्ने बाध्यता त बा-संस्कृतिसँग, बा-छोरी नाताको सुवाससँग मिल्दैन । अनि विरोध गर्नै पर्‍याे ।

‘बा’ नमर्दासम्म साथ रहने नाता हो । अर्थात् नमर्दासम्म असल कमरेडहरू पार्टी सदस्य रहिरहनु हुन्छ । वृद्ध भइसकेपछि पनि उहाँको अनुभव र ज्ञानलाई केन्द्रमा राखेर व्यवहार गर्ने कुरा ‘बा संस्कृति’को संगति हो । तर हामीले अचेल देखेका कुसंस्कृतिमा अग्रजलाइ सिध्याउन ‘दलाल पुष्पलाल’ जस्ता किताब लेख्ने वा १९ पेजका निराधार लान्छना लगाउने वा दासढुंगाबाट गुल्ट्याउने घटना पनि देखिएकै हो ।

एउटा विरालोले चुनाव जितेर आएपछि, उसले पहिले अँगेनुको आगो निभाउने निर्णय गरेछ रे । त्यसपछि दूध चोर्न आगोले छेक्ने समस्या रहेन बिरालोलाई । ‘बिराला कमरेडहरू’लाई हार्दिकता र आत्मीय मित्रता पुरानो कमरेडी-मैत्री उति स्वाद लाग्दैन अचेल, लागोस् पनि कसरी ?

फेरि, ‘बा’ भनेपछि अपशब्द, गाली-गलौजले पनि शोभा दिँदैन । भोलि आफ्नो कुत्सित स्वार्थ नपुगेपछि ‘भट्टे-श्राप’ गर्दै हिँड्न पनि ‘बा’ भनेपछि मिलेन । त्यसैले बा-संस्कृति भनेर बडो चतुरता साथ विरोध गर्छन् ।

४. बा-संस्कृतिको विरोधले अर्को पक्ष पनि उदाङ्गो पार्छ । ‘बा’ भनेपछि बोल्दा विरोध गर्दा ‘कन्ट्रक्टिभ एप्रोच’ राख्न पर्‍याे । ‘कोलाब्रेटिभ शैली’मा विरोध गर्न पर्यो । तर्क गर्दा तथ्यका आधारमा गर्न पर्यो । कुनै पनि मुद्दा घटनाको तथ्यपरक विश्लेषण गर्दा, वास्तविक कम्युनिस्ट शैली अर्थात् वैज्ञानिक शैलीमा छलफल गर्दा कुतर्क र खुरापाती तर्क गर्न पनि मिलेन । बा भनेपछि सधै शालीन र सभ्यताको सीमाभित्र बसेर सकारात्मक तरिकाले बोल्न पर्‍याे ।

‘बा’ नमर्दासम्म साथ रहने नाता हो । अर्थात् नमर्दासम्म असल कमरेडहरू पार्टी सदस्य रहिरहनु हुन्छ । वृद्ध भइसकेपछि पनि उहाँको अनुभव र ज्ञानलाई केन्द्रमा राखेर व्यवहार गर्ने कुरा ‘बा संस्कृति’को संगति हो । तर हामीले अचेल देखेका कुसंस्कृतिमा अग्रजलाइ सिध्याउन ‘दलाल पुष्पलाल’ जस्ता किताब लेख्ने वा १९ पेजका निराधार लान्छना लगाउने वा दासढुंगाबाट गुल्ट्याउने घटना पनि देखिएकै हो ।

हो, बा संस्कृतिले यस्ता कुसँस्कृतिलाई निषेध गर्छ । बाको निधन हुँदा हामीले आ-आफ्नै सँस्कृतिअनुरूप अन्त्येष्टि गर्छौं । कुनै विधि-विधानबेगर बालाई विदा गर्न पनि मिल्दैन । बा संस्कृतिले अग्रजलाई विदा गर्दा लोकले मानेको रूचाएको संस्कृतिअनुरूपको व्यवहार गर्नु पनि बा संस्कृतिले स्थापना गर्न खोजेको सुसंस्कृत पक्ष हो । सडकबाटै अध्यक्षको पार्टी सदस्यता खारेज गर्ने कुरा ‘बा संस्कृति’अनुरूप होइन ।

५. बा सँस्कृतिलाई मन पराउनेहरूमा नयाँ पुस्ता धेरै छन् । सबै खत्तम भयो, सिद्दियो भनेर निरासा र कुण्ठाले निलेका अधबैंशे होइन, बा संस्कृतिलाई रूचाउने भनेको भरभराउँदा ऊर्जा र सिर्जनशील शक्ति हुन् । युवालाई मन परेको कुरालाई पुरानो र परिवर्तन नसहने पुस्ताले विरोध गर्नु स्वाभाविकै हो । युवाले परिवर्तन चाहन्छन् । नयाँ लागेको कुरामा निकै आकर्षण देखाउँछ, नयाँ पुस्ताले ।

बा भनेको छेवैमा वा काखैमा बस्न पाइने, सुकोमल मायालु हातले कपाल मुसारेर प्रगति उन्नति गर्दा प्रसन्न हुने व्यवहार पनि हो । बाले जहिले पनि आफूले सकेसम्म सन्ततिका लागि जायजेथा र इज्जत बढाइदिन कोसिस गर्छन् । र एउटा समयमा त्यो सहर्ष हस्तान्तरण पनि गर्छन् ।

‘बा’ सम्बन्ध वा व्यवहारमा औपचारिकता नखोजेर हार्दिकता र विवेकले चल्ने कुरा हो । औपचारिकताले दिमागी कसरतको माग गर्छ, तर अनौपचारिकतामा प्रेम, सद्भाव, सुसँस्कृति र ममता-प्रणयको माग गर्छ । कम्युनिस्ट पार्टीमा ‘बा’ भनिनु पार्टीका नाइके राजा-महाराजा र कार्यकर्ताहरू रैति जस्ता हुन् भन्ने तानाशाही अभ्यासको विरोध पनि हो ।

बा भनेको छेवैमा वा काखैमा बस्न पाइने, सुकोमल मायालु हातले कपाल मुसारेर प्रगति उन्नति गर्दा प्रसन्न हुने व्यवहार पनि हो । बाले जहिले पनि आफूले सकेसम्म सन्ततिका लागि जायजेथा र इज्जत बढाइदिन कोसिस गर्छन् । र एउटा समयमा त्यो सहर्ष हस्तान्तरण पनि गर्छन् ।

चौरासी पूजा गर्ने वा रथारोहरण गर्ने बेलासम्म पनि सन्तानलाई नेतृत्व हस्तास्तरण नगर्ने, आफैं अध्यक्ष भइरहन पर्ने निकृष्ट सोचलाई बा संस्कृतिले निषेध गर्छ । त्यति मात्रै होइन, जति सन्तान भए पनि समानता र न्यायपूर्ण व्यबहार गर्ने कुरा पनि बा सँस्कृतिको पिलर हो ।

कोहीलाई काखा र केहीलाई पाखा गर्नेले ‘बा संस्कृति’ देख्न चाहँदैनन्, रुचाउँदैनन् । पार्टी अध्यक्षलाई सहृदयी, मायालु र निष्ठावान बाको रूपमा परिकल्पना गर्नु त क्रान्तिकारी कुरो हो । तर यति मीठो कुरा ‘साहुजी कमरेड’हरूलाई मनपर्ने कुरा होइन ।

बा सँस्कृतिका बारेमा धेरै चर्चा हुन जरूरी छ । समाज प्रशिक्षित हुन निकै भोटा फाट्नुपर्छ । तर प्रविधिको यो अग्रगमनकारी आलोकमा बा संस्कृति समयको पदचाप हो ।


प्रतिक्रिया

2 thoughts on “‘साहुजी कमरेड’लाई ‘बा सँस्कृति’ मन नपर्नुका पाँच कारण

Leave a Reply

Your email address will not be published. Required fields are marked *