भिडियो सन्देशमार्फत प्रधानमन्त्रीले भने- सही विवरण दिएर नीति निर्माणमा सघाउनुस् – Nepal Press
राष्ट्रिय जनगणना

भिडियो सन्देशमार्फत प्रधानमन्त्रीले भने- सही विवरण दिएर नीति निर्माणमा सघाउनुस्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणनाका लागि आवश्यक पर्ने सही विवरण उपलब्ध गराउन आमनागरिकसँग अपील गरेका छन् ।

जनगणनाको मूल गणना सुरु हुनु अघि भिडियो सन्देशमार्फत प्रधानमन्त्री देउवाले नागरिकले दिएका सम्पूर्ण व्यक्तिगत विवरण तथ्यांक ऐन, २०१५ बमोजिम गोप्य रहने भएकाले आआफ्नो घरमा आउने गणकलाई सही विवरण उपलब्ध गराउन अनुरोध गरे ।

संघीयतापछिको पहिलो जनगणनाको मूल गणना आजबाट ९ मंसिरसम्म चल्नेछ । त्यसका लागि गणकहरु बिहान ९ बजेपछि घरदैलोमा पुग्नेछन् ।

सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न देउवाले अपील गरे ।

जनगणनाले व्यक्तिको मात्र गणना नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्ने उल्लेख गर्दै देउवाले जनगणना देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाका आधार स्तम्भका रुपमा रहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर