ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु – Nepal Press

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । चक्रपथस्थित ललितपुरको ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

आज बिहान ग्वार्को चोकमा ना ६ ख १९३३ नम्बरको ट्रकको ठक्करले बा ३१ प ७५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालक काभ्रेका सोप्निल लामाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामालाई उपचारका लागि तत्कालै बीएण्डबी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर