प्रशासन सेवातर्फ खुला प्रतिस्पर्धाबाट आएका ६ सहसचिवको पदस्थापन – Nepal Press

प्रशासन सेवातर्फ खुला प्रतिस्पर्धाबाट आएका ६ सहसचिवको पदस्थापन

काठमाडौं । सरकारले खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाल्न सफल प्रशासन सेवातर्फका ६ जना सहसचिवको पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनिहरुलाई सम्बन्धित मन्त्रालय मातमत पदस्थापन गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।

प्रशासनतर्फ खुलामा नाम निकाल्न सफल माधवप्रसाद पोखरेल, तीर्थराज चिलुवाल, रामचन्द्र तिवारी, भोला दाहाल, आदिवासी जनजातीतर्फ रेखा दास र दलिततर्फ मेखबहादुर मंग्रातीको मन्त्रालयको अतिरिक्त समुहमा पदस्थापन गरिएको हो । मन्त्रिपरिषद् बैठकले निर्णय गरेको दोस्रो दिन मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन सचिव एकनारायण अर्यालले ६ सहसचिवलाई नियुक्ती पत्र प्रदान गरेका छन् ।

लोक सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा ६ जनामध्ये आदिवासी तथा जनजातीतर्फबाट नाम निकाल्न सफल श्रेष्ठ र दलितबाट नाम निकाल्न सफल मंग्रातीगरेर दुई जना शाखा अधिकृतबाट एकैपटक सहसचिवमा नाम निकाल्न सफल भएका हुन् भने बाँकी चार जना भने उपसचिवबाट सहसचिवमा नाम निकाल्न सफल भएका हुन् ।


प्रतिक्रिया

One thought on “प्रशासन सेवातर्फ खुला प्रतिस्पर्धाबाट आएका ६ सहसचिवको पदस्थापन

  1. सफल हुनुहुने वाैद्धिक व्यक्तीत्व हरूलाइ वधाइ छ । नेपाली जनताकाे निजामति कर्मचारीप्रति रहेकाे अविश्वास काे भावना हटाउने तर्फ काेशीष गर्नुहनेछ भन्ने कामना गर्द छाै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर