छठको रौनक : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (भिडिओ) – Nepal Press
छठको रौनक : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (भिडिओ)
नेपाल प्रेस २०७८ कार्तिक २४ गते १७:२३
२०७८ कार्तिक २४ गते १७:२३

काठमाडौं । छठ पर्वको आज तेस्रो तथा मुख्य दिन । आज बिहानदेखि पानीसमेत नपिएका व्रतालुहरू साँझपख जलाशयमा पानीमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घ्यसहित पूजा गरिरहेका छन् ।

यसैक्रममा काठमाडौंका विभिन्न जलाशयहरूमा छठको रौनक बढेको छ । सिंगारिएर राखिएका कमलपोखरी, गौरीघाट, गुह्येश्वरीलगायतका जलाशयमा व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिरहेका छन् ।

अब भोलि उदाउँदो सूर्यलाई अर्घ्य चढाइन्छ । अर्घ्य चढाउनुअघि रातभर त्यही जलाशय किनारमा जाग्राम बस्ने परम्परा छ । आजको रात भजन कीर्तन र नाचगान गरेर जाग्राम बस्ने गरिन्छ ।

भोलिपल्ट बिहानै ब्रह्ममुहूर्तमा जलाशयमा गएर पूजा सामग्री तयार पारी सूर्योदय भएसँगै अञ्जुलीमा पानी लिएर चढाइन्छ । तराई क्षेत्रमा मात्र सीमित यो पर्व पछिल्लो समय देशभर मानाउन थालिएको छ ।
























तस्बिरहरू : सरोज बैजु/गौरव पौडेल ।