एमाले डडेलधुराका तत्कालीन अध्यक्ष दलबलसहित नेकपा एसमा प्रवेश – Nepal Press

एमाले डडेलधुराका तत्कालीन अध्यक्ष दलबलसहित नेकपा एसमा प्रवेश

कैलाली । नेकपा एमालेका तत्कालीन डडेल्धुरा अध्यक्ष डा. तारा जोशी बहुमत पदाधिकारीसहित नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । तत्कालीन ५१ सदस्यीय जिल्ला कमिटीमध्ये पदाधिकारी सहित ३८ जना समाजवादीमा प्रवेश गरेका हुन् ।

डा. जोशीसँगै तत्कालीन जिल्ला कमिटीका उपाध्यक्ष, सचिव, उपसचिव र १ जनाबाहेक सम्पूर्ण सचिवालय सदस्य समाजवादीमा प्रवेश गरेका हुन् ।

त्यसैगरी १६ जनवर्गीय संगठनमध्ये १३ संगठनका प्रमुख पनि जोशीसँगै समाजवादीमा लागेका छन् । १० बुँदे कार्यान्वयन नभएपछि उनले एमाले छाडेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुधबार जोशीसहितका नेताहरुलाई स्वागत गरेका हुन् ।

जोशीसहित अमरगढी नगरपालिकाकी उपप्रमुख सङ्गीता भन्डारी पनि समाजवादीमा लागेकी छन् ।

प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा गत प्रदेशसभा निर्वाचनमा जोशी झिनोमतान्तरले पराजित भएका थिए ।
उनी काङ्ग्रेस जिल्ला सभापति कर्ण मल्लसँग पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर