द्वारिकलालको प्रतिक्रिया– सुनसरी एमालेमा ‘टीके प्रथा’ हाबी भएपछि सहन सकिनँ – Nepal Press

द्वारिकलालको प्रतिक्रिया– सुनसरी एमालेमा ‘टीके प्रथा’ हाबी भएपछि सहन सकिनँ

इटहरी । सुनसरी सदरमुकाम इनरुवामा जारी एमाले जिल्ला कमिटीको एकता बैठकमा असन्तुष्ट जनाएका एमाले नेता एवम् मेयर द्वारिकलाल चौधरीले पार्टीमा ‘टीके प्रथा’ हाबी भएको आरोप लगाएका छन् ।

आज इटहरी उपमहानगरपालिका कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले जेठ २ मा फर्कने हो भने रमेश बस्नेतको अध्यक्षतामा र नफर्कने हो भने रेवतीरमण भन्डारीको अध्यक्षतामा बैठक हुनुपर्नेमा केन्द्रीय सदस्य धर्म निरौलाले अध्यक्षता गरेको भन्दै असन्तुष्टि जनाएका थिए । उनले बैठकमा असन्तुष्टि जनाउँदै माइक खासेका थिए ।

मंगरबार राति आफ्नै अध्यक्षतामा बैठक बस्ने भन्दै सामाजिक संजालमा पोस्ट गरेका उनले आज धर्म निरौलाले अध्यक्षता र खेमराज पोखरेलले संचालन गरेको बैठकको घोर निन्दा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर