गृहमन्त्री खाण भन्छन्– चुनावमा गठबन्धनबिना कांग्रेस सुरक्षित हुन सक्दैन – Nepal Press

गृहमन्त्री खाण भन्छन्– चुनावमा गठबन्धनबिना कांग्रेस सुरक्षित हुन सक्दैन

रूपन्देही । गृहमन्त्री बालकृष्ण खाणले अहिलेको पाँच दलीय गठबन्धन चुनावसम्म सँगै जानुपर्ने बताएका छन् । गठबन्धनबिना कांग्रेस सुरक्षित नहुने भन्दै यनले गठबन्धन कायम राखेरै चुनावमा जानुपर्ने तर्क गरेका हुन् ।

कांग्रेसका केही नेताहरूले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताइरहेका बेला सभापति शेरबहादुर देउवानिकट खाणले गठबन्धनबाट नै कांग्रेस सुरक्षित हुने बताएका हुन् ।

उनले पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने पनि बताएका छन् । नेपाल महिला संघ रुपन्देहीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गठबन्धनको सरकार बचाउँदै आउने स्थानीय तथा आमनिर्वाचन सफल बनाउनका लागि पार्टी सभापति र प्रधानमन्त्री एउटै हुनुपर्ने बताएका हुन् ।

वडा तहहुँदै केन्द्रीय निर्वाचन गर्ने पार्टी नेपाली कांग्रेस मात्रै रहेको बताउँदै उनले नेपाली कांग्रेसलाई सवल, सक्षम र जिम्मेवार पार्टीको रुपमा अगाडि लैजान र पहिलो पार्टी बनाउनका निमित्त गठबन्धन बचाउँदै अगाडि बढ्नुपर्ने बताए ।

उनले नेपाली कांग्रेसको स्थायित्व, सवलीकरण र आउँदो स्थानीय निर्वाचन र आमनिर्वाचन सफल बनाउनका लागि नेपाली कांग्रेसको सभापति र प्रधानमन्त्री एउटै हुनुपर्ने बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर