मलाला युसुफजाइले गरिन् इङल्यान्डमा बिहे (तस्बिरहरु) – Nepal Press

मलाला युसुफजाइले गरिन् इङल्यान्डमा बिहे (तस्बिरहरु)

लन्डन । १७ वर्षको उमेरमै नोबेल पुरस्कार जितेकी पाकिस्तानी अभियन्ता मलाला युसुफजाइले मंगलबार इङल्यान्डमा बिहे गरेकी छिन् ।

नौ वर्षअघि उनी किशोरी छँदा तालिबानले उनको टाउकोमा गोली प्रहार गरेका थिए । २४ वर्षिया युसुफजाइले पाकिस्तानी क्रिकेट बोर्डका व्यवस्थापक असर मलिकसँग इङल्यान्डको बर्घिङगममा आयोजित सानो समारोहमा इस्लाम धर्मअनुसार निकाहा गरेकी हुन् ।

उक्त वैवाहिक समारोहमा दुबैजनाका परिवारहरु उपस्थित थिए । आफ्नो बिहेबारे मलालाले ट्वीटरमार्फत बधाइ दिएकी छिन् । ‘आजको दिन मेरा लागि निकै अमूल्य छ’ उनले ट्वीटरमा लेखेकी छिन्, ‘हामीलाई तपाईंको प्रार्थना चाहिएको छ । हामी सँगै यात्रा गर्न उत्साहित छौं ।’

बालिका शिक्षाबारे वकालत गर्दै आएकी युसुफजाइले आफ्नो वैवाहिक जीवनलाई भने गोप्य राखिन् । उनले बिहे पत्रमा आफ्ना श्रीमानले हस्ताक्षर गर्दैगर्दाको निकाहाको तस्बिर पनि सेयर गरेकी छिन् ।

लिंकडिन पृष्ठका अनुसार उनका श्रीमान मलिक पाकिस्तानी क्रिकेट बोर्डका व्यवस्थापक हुन् । उनले सन् २०१२ मा पाकिस्तानको लाहोर विश्वविद्यालयबाट व्यवस्थापन विज्ञानमा स्नातक उत्तिर्ण गरेका थिए ।

सामाजिक संजालमा उनलाई बधाइको ओइरो लागेको छ । जलवायु अभियन्ता ग्रेटा थनबर्ग, अभिनेत्री प्रियंका चोपडा, क्यानडियन प्रधानमन्त्री जस्टिन ट्रुडो, मेलिन्डा गेट्सले बधाइ दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर