१० बुँदे कार्यान्वयन नभएपछि घनश्याम भुसाल निकट तारा जोशीलाई भित्र्याउन माधव नेपाल डडेलधुरामा – Nepal Press

१० बुँदे कार्यान्वयन नभएपछि घनश्याम भुसाल निकट तारा जोशीलाई भित्र्याउन माधव नेपाल डडेलधुरामा

डडेलधुरा । पार्टीभित्र १० बुँदे सहमति कार्यन्वयन नभएको र जेठ २ मा फर्किन संस्थापन पक्ष नमानेको भन्दै नेकपा एमाले डडेलधुराका नेता डा. तारा जोशीसहित तत्कालीन माधव नेपाल समूहको जिल्ला समानान्तर कमिटी नेकपा एसमा समाहित हुने भएको छ ।

डा. जोशीलाई नेकपा एसमा प्रवेश गराउन अध्यक्ष माधवकुमार नेपाल र पर्यटन मन्त्री प्रेम आलेसहितका नेताहरु आज डडेलधुरा पुग्दैछन् । केन्द्रमा घनश्याम भुसाल निकट मानिने डा. जोशी बौद्धिक नेता हुन् ।

उनी २०७५ जेठ २ अघिको एमालेमा अध्यक्ष थिए । गत वर्ष नेकपा विभाजनपछि उनी प्रचण्ड-माधव समूहमा थिए भने केपी ओली पक्षले प्रकाश साउदको अध्यक्षतामा अर्को कमिटी बनाएको थियो ।

१० बुँदे सहमतिपछि आफू अध्यक्ष हुुनुपर्ने जोशीको माग थियो । तर जिल्लामा ओली पक्षले तलैसम्म संगठन गरिसकेका र एकलौटी अधिवेशनहरु गरेपछि जोशी नेकपा एसमा प्रवेश गर्न लागेका हुन् । सुदूरपश्चिममा १० बुँदे कार्यन्वयन नभएको भन्दै उपाध्यक्ष भीम रावल समेत अशन्तुष्ट छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर