रक्षा र परराष्ट्रमन्त्रीसँग राष्ट्रसंघीय सहायक महासचिवद्वारा भेटवार्ता – Nepal Press

रक्षा र परराष्ट्रमन्त्रीसँग राष्ट्रसंघीय सहायक महासचिवद्वारा भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका सहायक महासचिव क्रिस्चिएन एफ सान्डर्सले आज रक्षामन्त्री मीनेन्द्र रिजाल र परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेका छन् ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री रिजाल र सान्डर्सबीच शान्ति सेनामा नेपाल र नेपालीको गौरवशाली इतिहास र प्रभावकारी नेतृत्वबारे छलफल भएको थियो ।

परराष्ट्रमन्त्री खड्कासँगको भेटवार्तामा नेपाल र राष्ट्रसंघबीचको सम्बन्धलाई अझै विकसित तुल्याउनेबारे छलफल भएको थियो । सोमबार नेपाल आएका सान्डर्स आजै फर्कने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर