कोप-२६ मा भाग नलिएकोमा ओबामाद्वारा चिनियाँ र रुसी राष्ट्रपतिको आलोचना – Nepal Press

कोप-२६ मा भाग नलिएकोमा ओबामाद्वारा चिनियाँ र रुसी राष्ट्रपतिको आलोचना

ग्लास्गो । पूर्वअमेरिकी राष्ट्रपति जो बाइडनले राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६)मा भाग नलिएकोमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेका छन् ।

‘मैले यथार्थ भन्नैपर्छ । सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने दुई मुलुक चीन र रुसका नेताहरु प्रक्रियामा सहभागी नहुनु सुखद छैन । ती मुलुकको राष्ट्रिय योजनाले पनि जोखिमलाई रोक्ने जरुरी आवश्यकतालाई प्रतिविम्वित गर्दैनन्’ उनले भने ।

चीन र रुसले सरकारको तर्फबाट यथास्थितीलाई मलजल गर्ने खालको योजना अघि बढाइरहेको जुन लाजमर्दो भएको टिप्पणी ओबामाले गरे । सन् २०१५ मा भएको पेरिस सम्मेलनपछि पहिलोपटक ओबामा कोप–२६ मा पुगेका हुन् ।

यतिबेला पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा कम तुल्याउन २०० भन्दा बढी मुलुकका नेताहरु ग्लास्गोमा भेला भएका छन् । युरोप र अमेरिकाजस्ता अर्थतन्त्रले जलवायु मुद्दालाई निर्देशित गर्नुपर्नेमा भारत, रुस र चीनले नेतृत्व गरेको उनले बताए ।

‘हामी रुसले यो मुद्दाको नेतृत्व गरेको हेर्न चाहन्छौं । इन्डोनेसिया, दक्षिण अफ्रिका र ब्राजिलले पनि मुद्दालाई नेतृत्व गर्नुपर्छ’ उनले भने, ‘नेतृत्व गर्ने मुलुकहरु किनारामा बस्नु राम्रो होइन ।’

साथै, अमेरिकी राजनीतिक दलहरु डेमोक्र्याट र रिपब्लिकनले जलवायु मुद्दा र पार्टीगत मुद्दामा निर्णय गर्न नसकेको उनले बताए । ‘प्रकृति, भौतिक शाष्त्र र विज्ञानले पार्टीको प्रभावमा चासो राख्दैनन्’ उनले भने । महत्वाकाङ्क्षी जलवायु योजना लागू गर्न मतदाताहरुले सरकारलाई दबाब दिनुपर्ने खाँचो समेत उनले औंल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर