बिद्यालयस्तरीय राष्ट्रव्यापी पौडी प्रतियोगिता चितवनमा हुने – Nepal Press

बिद्यालयस्तरीय राष्ट्रव्यापी पौडी प्रतियोगिता चितवनमा हुने

चितवन । भरतपुर महानगर-१३ मा राष्ट्रव्यापी विद्यालय स्तरीय उमेर समूह पौडी प्रतियोगिता हुने भएको छ ।

कार्तिक २७ र २८ गते लेक ट्वान्टी थाउजेण्ड फार्म रिसोर्ट (एलटिके हवेली) मा हुँदैछ । छात्र र छात्रातर्फ ३६ विधामा प्रतिस्पर्धा हुने एल टिके हवेलीका सन्चालक देभेन लोहनीले जानकारी दिए ।

उनका अनुसार ब्रेष्टस्ट्रोकतर्फ १८, बटरफ्लाइतर्फ ८ र फ्रि स्टाइलतर्फ १० खेलहरु हुनेछन् । २५ मिटरदेखि १ सय मिटरसम्मका पौडीका खेल हुनेछन् ।

प्रतियोगितामा ८-१०, १२-१४ वर्ष उमेर समूह र १५ वर्ष माथिका खेलाडी सहभागी हुनेछन् । चितवन, मोरङ, ललितपुर, काठमाडौं, कास्की, बाँके लगायतका जिल्लाबाट खेलाडी आउनेछन् ।

२५ मिटर लम्बाइ, १६ मिटर चौडाइमा फैलिएको स्वीमिङ पुल ६ लेनको ३ देखि ६ फिटसम्मको गहिरो छ । प्रतियोगितामा प्राविधिक सहयोग नेपाल पौडी संघको प्राविधिक सहयोग रहेको छ ।

यसअघि यहाँ ६ दिनसम्म राष्ट्रिय तथा जुनियर राष्ट्रिय टिमका १२ जनाले खेलाडीले प्रशिक्षण गरेका थिए । थिए । ११ विघा क्षेत्रफल रहेको रिसोर्ट पर्यटकको रोजाइमा पर्दै आएको छ । स्वीमिङ पुलको संरचना बनाउन २ करोड खर्चेको छ । यहाँ पौडी हबको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर