फौजी र निजामतिको जस्तै अब शिक्षकलाई पनि बेग्लै अस्पताल – Nepal Press

फौजी र निजामतिको जस्तै अब शिक्षकलाई पनि बेग्लै अस्पताल

काठमाडौं । सैनिक, प्रहरी र निजामति कर्मचारीको जस्तै अब शिक्षकहरुको लागि पनि बेग्लै अस्पताल बन्ने भएको छ । सरकारले शिक्षक अस्पताल बनाउनका लागि उपयुक्त ठाउँमा जग्गा खोज्न समिति गठन गरेको छ ।

शिक्षा मन्त्रालयले जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले उपयुक्त ठाउँमा जग्गाप्राप्ति गर्ने निर्णय गरेको सचिव रामप्रसाद थपलियाले बताए ।

समितिले २ महिनाभित्र उपयुक्त ठाउँमा जग्गा खोज्ने र जग्गा व्यवस्थापन हुने बित्तिकै अस्पताल निर्माणका लागि आवश्यक काम शुरु हुने उनले बताए । सरकारले काठमाडौं र चितवन लगायत उपयुक्त ठाउँ खोजिरहेको छ ।

शिक्षक अस्पताल बनेपछि देशभरका करीव तीन लाख शिक्षक र तिनका परिवार लाभान्वित हुनेछन् । शिक्षक अस्पतालका लागि सरकारले यस वर्षको बजेटमा रकम व्यवस्था समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर