अप्राकृतिक गठबन्धनको असंवैधानिक सरकारलाई विश्वासको मत दिँदैनौ : एमाले – Nepal Press

अप्राकृतिक गठबन्धनको असंवैधानिक सरकारलाई विश्वासको मत दिँदैनौ : एमाले

काठमाडौं । नेकपा एमालेले वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले सुरूदेखि नै अप्रजातान्त्रिक अभ्यास गरेको आरोप लगाएको छ ।

मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावउपर बोल्दै एमालेका प्रमुख सचेतक दीपक निरौलाले सरकारको नेतृत्व गरेको पार्टीले वडा कमिटी बनाउन नसकेका ठाउँमा बजेट दिदैनौ भनेर चेतावनी दिएको आरोप लगाए ।

‘आफ्नो पार्टीको वडा कमिटी बनाउन सकिएन भन्दैमा त्यो वडालाई बजेट नै दिँदैनौ भनेको चर्चा छ । यो सरकारले अहिलेदेखि नै अप्रजातान्त्रिक हर्कत थालेको छ’, निरौलाले भने ।

उनले सत्तारुढ गठबन्धन नै अप्राकृतिक रहेको भन्दै असंवैधानिक प्रक्रियाबाट जन्मिएको सरकारलाई एमालेले समर्थन नगर्ने बताए । ‘अप्राकृतिक गठबन्धनको असंवैधानिक प्रक्रियाबाट जन्मिएको सरकारलाई एमालेले विश्वासको मत दिँदैन’, निरौलाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *