ओली विराटनगरमा : पार्टीको कार्यक्रममा सहभागी, रघुपति जूटमिलको अवलोकन (तस्बिरहरू) – Nepal Press

ओली विराटनगरमा : पार्टीको कार्यक्रममा सहभागी, रघुपति जूटमिलको अवलोकन (तस्बिरहरू)

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विराटनगर आएका छन् । बडा दसैँ, तिहार र छठ, नेपाल सम्वत्‌लगायतका पर्वको अवसरमा मोरङ एमालेले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्न ओली विराटनगर आएका हुन् ।

ओलीको स्वागत तथा कार्यक्रममा सहभागी हुन मोरङ, सुनसरी, झापा, सप्तरीलगायतका ठाउँबाट कार्यकर्ताहरू आएका छन् । कार्यक्रममा अध्यक्ष ओलीसँगै केन्द्र र प्रदेशका एमाले नेता सहभागी छन् ।

ओलीले विराटनगरको रानीस्थित ७५ सालअघि स्थापित रघुपति जूटमिलको अवलोकन गर्नुका साथै त्यहाँको व्यवस्थापकीय विषयबारे जानकारी लिएका छन् । देशकै जेठोमध्येको यस उद्योगमा करिब ३ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

उनी आजै साँझ काठमाडौं फर्किने बताइएको छ ।

तस्बिरहरू : राजन काफ्ले ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर