प्रधानसेनापति शर्मा भोलि भारत भ्रमणमा जाँदै – Nepal Press

प्रधानसेनापति शर्मा भोलि भारत भ्रमणमा जाँदै

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भोलि भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी मनोज मुकुन्द नरवाणेको निम्तोमा उनी त्यसतर्फ जान लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

१५ सदस्यीय प्रतिनिधिमण्डलको साथमा उनी मंगलबार बिहान त्यसतर्फ जान लागेको निर्देशनालयले जनाएको छ ।

दुई मुलुकका सेनाको परम्परा अनुसार भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट शर्माले मानार्थ महारथीको दर्जा ग्रहण गर्ने तयारी छ । भ्रमण सकेर शर्मा कात्तिक २६ गते स्वदेश फर्कनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर