अमेरिकाले मुस्ताङी गुम्बाको जिर्णोद्धार गर्ने, २ लाख ८५ हजार डलर खर्च हुने – Nepal Press

अमेरिकाले मुस्ताङी गुम्बाको जिर्णोद्धार गर्ने, २ लाख ८५ हजार डलर खर्च हुने

जोमसोम । संयुक्त राज्य अमेरिकाले हिमालपारिको जिल्ला मुस्ताङको मराङ गाउँस्थित लो गेखर अर्थात घर गुम्बाको जिर्णोद्धार गरिदिने भएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले आज विज्ञप्ति जारी गर्दै २०७२ सालमा गएको भूकम्पमा क्षति पुगेको उक्त गुम्बालाइ पुननिर्माण तथा जिर्णोद्धार गर्न लागिएको जनाएको छ ।

त्यसका लागि राजदूत कोषबाट २ लाख ८५ हजार अमेरिकी डलर खर्च हुने भएको छ । यसैसाता त्यहाँ आयोजित कार्यक्रममा गण्डकी प्रदेश सांसद महेन्द्र थकाली र दूतावासका पब्लिक अफेयर्स अफिसर ग्यारेट विल्करसनले संयुक्तरुपमा गुम्बाको जिर्णोद्धार कार्यको उद्घाटन गरे ।

सो गुम्ब तिब्बती बौद्धमार्गीहरुको सबैभन्दा एक हो । भूकम्प र जलवायु परिवर्तनको कारणले उक्त गुम्बमा क्षति पुगेको जनाइएको छ । दूतावासको यो परियोजनाले गुम्बाको जिर्णोद्धारसहित कलाकृतिको अभिलेख राख्ने र पर्यटकलाई सजिलोरुपमा भ्रमण गर्न मिल्ने अपेक्षा छ ।

उक्त परियोजना सन् २०२३ मा सम्पन्न हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर