प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि बारको आन्दोलन (तस्बिरहरू) – Nepal Press

प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि बारको आन्दोलन (तस्बिरहरू)

काठमाडौं । नेपाल बार एशोसियसनले बार परिसरमा कालोपट्टी बाँधेर विरोध गरिरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको मागसहित आन्दोलनरत बारले आजदेखि संघर्षका कार्यक्रमलाई पुन: निरन्तरता दिएको हो ।

यसअघि बारले कात्तिक १४, १५, १६ र १७ गते सर्वोच्चकेन्द्रित आन्दोलन गरेको थियो ।

बारले न्यायपालिका शुद्धीकरण अभियानमा एक घण्टा कालोपट्टीसहितको आन्दोलन गरिएको भन्दै सहभागी हुन कानून व्यवसायीलाई आव्हान गरेको थियो ।

आन्दोलनको भावी रणनीति बनाउन हिजो देशभरिका बार एकाईका अध्यक्ष, सचिवहरूसँग भर्चुअल छलफल गरिएको थियो । देशभरको सुझावको आधारमा थप विरोधका कार्यक्रम पछि तय गरिने बारको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर