प्रधानन्यायाधीशविरुद्ध आन्दोलनलाई निरन्तरता दिने बारको निर्णय, थप कार्यक्रम ल्याउने तयारी – Nepal Press

प्रधानन्यायाधीशविरुद्ध आन्दोलनलाई निरन्तरता दिने बारको निर्णय, थप कार्यक्रम ल्याउने तयारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको मागसहित आन्दोलनमा होमिएको नेपाल बार एशोसियसनले सोमबारदेखि विरोधका कार्यक्रमलाई पुन: निरन्तरता दिने भएको छ ।

महासचिव लिलामणि पौडेलले एक अनुरोध पत्रमार्फत भोलि साढे १० बजे न्यायपालिका शुद्धीकरण अभियानमा एक घण्टा कालोपट्टीसहितको आन्दोलन तय गरिएको भन्दै काठमाडौं उपत्यकामा रहेका कानून व्यवसायीलाई सहभागी हुन आह्वान गरेका छन् ।

बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कात्तिक १४, १५, १६ र १७ गते सर्वोच्चकेन्द्रित आन्दोलन गरेको थियो ।

आन्दोलनको भावी रणनीतिको लागि आज बारले देशभरिका एकाईका अध्यक्ष, सचिवहरूसँग भर्चुअल छलफल गरेको थियो । परामर्श जारी नै रहेकोले सुझावको आधारमा थप विरोधका कार्यक्रम पछि तय गरिने बारको भनाइ छ ।

सर्वोच्चमा प्रधानन्यायाधीश राणाविरुद्ध न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् । उनीहरूको समर्थनमा बारले पनि संघर्ष गरिरहेको छ । तर, केही वकिलहरूले न्यायालयलाई अनावश्यक विवादमा तान्न खोजेको भन्दै हड्तालमा रहेका न्यायाधीशहरूलाई इजलास फर्कन दबाबमूलक कार्यक्रम गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर