‘फल्स कन्ससनेस’बारे ओलीको व्याख्या- एमालेविरुद्ध अदालत र मिडिया प्रयोग भए, वर्ग संघर्षमा यस्तो हुन्छ (भिडिओ) – Nepal Press

‘फल्स कन्ससनेस’बारे ओलीको व्याख्या- एमालेविरुद्ध अदालत र मिडिया प्रयोग भए, वर्ग संघर्षमा यस्तो हुन्छ (भिडिओ)

हाम्रा पुर्खा मरेर राजाको नाम राखे, १७ हजार मारेर प्रचण्ड–बाबुराम कसरी बाँचे ?

काठमाडौं । यसवर्ष एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले दशैं तिहार जस्ता पर्व मनाएनन् । परिवारभित्रका सदस्यको निधन भएको कारण यो वर्ष ओली परिवारले जुठो बारेको हो ।

ओली आफूले चाडबाड नमनाए पनि दशैं र तिहारमा सर्वसाधारण तथा कार्यकर्तासँग भने चाड मनाउन सरिक भए । दशैंमा गृहजिल्ला झापा पुगेर नवमीका दिन चियापान गरेका ओलीले तिहारको भाइटीकाका भोलिपल्ट कर्णालीका कार्यकर्तासँग देउसी खेले ।

ओली र एमालेलाई सत्ताबाट हटाउने शुरुआत कर्णालीबाटै भएको थियो,जहाँ एमालेका चार सांसदले फ्लोर क्रस गरेपछि पार्टी विभाजनको औपचारिक विजारोपण भएको थियो ।

आइतबार कर्णाली काण्ठमाडाै‌ सम्पर्क कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले एकैपटक अदालत,मिडिया र सत्ता गठबन्धनप्रति आफ्नो निशाना सोझ्याए । उनले यसक्रममा ‘फल्स कन्ससनेश’ भनेको के हो र विरोधीले कसरी भ्रमित पार्छन् भनेर कार्यकर्तालाई लामो ब्याख्या गरेर बुझाउन खोजे ।

एमालेसँग मिडिया नभएका कारण सत्ता गठबन्धनको कब्जामा रहेका मिडियामार्फत एमाले सरकारविरुद्ध निरन्तर कुप्रचार भएको भन्दै ओलीले त्यसको प्रतिवादमा अब एमाले कार्यकर्ता आ आफ्ना सामाजिक संजालमार्फत संगठित हुनुपर्ने बताए ।

ओलीले एमालेविरुद्ध मिडिया र अदालत प्रयोग गरेर प्रतिगामी परमादेश जारी गराइएको भन्दै सेना र प्रहरी प्रयोग नगरी उनीहरुले अदालत तथा मिडियाको सहारा लिएको टिप्पणी गरे ।

सत्ता गठबन्धनसँग करोडौं लगानीको टेलिभिजन,पत्रिका लगायका मिडिया रहेको भन्दै ओलीले अब एमाले कार्यकर्ताले आफ्नो हातमा भएका मोबाइलमार्फत फल्स कन्ससनेस चिर्नुपर्ने बताए ।

अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन लोकतन्त्रको भक्षक भएको भन्दै सत्ताका लागिमात्र उनीहरु मिलेको र अदालत प्रयोग गरिएको बताए । ओलीले प्रतिगामी परमादेशहरु अनेक रुपमा आउन सक्ने भन्दै कार्यकर्तालाई सचेत रहन आग्रह गरे ।

अर्को प्रसंगमा ओलीले दरवारमा भेट हुँदा तत्कालीन राजाले मेरो पुर्खाले आज्र्याको मुलुक भनेपछि आफूले प्रतिवाद गरेको स्मरण गरे । उनले भने–मौसूफहरु पछाडि हुनुहुन्थ्यो बाँच्नुभयो,हाम्रा पुर्खा अगाडि थिए उनीहरु मरे । त्यसैले नाम राजाहरुकोमात्र रह्यो । जसरी १७ हजार मान्छे मार्दा पनि प्रचण्ड र बाबुराम पछाडि भएकाले बाँचे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर