अपडेट: सल्यान बस दुर्घटनामा मृतकको संख्या ९ पुग्यो – Nepal Press

अपडेट: सल्यान बस दुर्घटनामा मृतकको संख्या ९ पुग्यो

दाङ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेकोे छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको हेलिकप्टरबाट उद्धार गरि काठमाडौं लैजाने तयारी भइरहेको छ । मृतककाे पहिचान भने खुल्न सकेकाे छैन ।

शनिबार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर