टेक्ससको सांगीतिक महोत्सवमा भागदौड हुँदा आठजनाको मृत्यु


टेक्सस । अमेरिकाको टेक्ससमा आयोजित एस्ट्रोवल्र्ड म्युजिक फेस्टिभलमा भागदौड हुँदा ८ जनाको मृत्यु भएको छ । घटनामा ३०० भन्दा बढी घाइते भएका छन् ।
ह्युस्टनका अग्निरक्षा प्रमुख सैमुअल पेनाका अनुसार उक्त घटना राती ९ बजे भएको थियो । उक्त घटना हुँदा र्यापर ट्राविस स्कटले प्रस्तुति दिइरहेका थिए ।
सन् २०१९ देखि उनले यो फेस्टिभल आयोजना गरिरहेका थिए । सो हेर्न करिब ५० हजार सहभागी थिए । केही मानिसहरु भाग्न थाले भने केही बेहोस भए ।
घटनामा मृत्यु भएकाहरुको शल्यक्रिया परीक्षण हुने भएको छ र मृत्युको कारणबारे अध्ययन हुने भएको छ । घाइते भएका ३०० मध्ये २३ जनालाई अस्पताल भर्ना गरिएको छ । फेस्टिभलमा सहभागी ११ जनालाई हृदयघात भएको भनिएको छ ।
फेस्टिभलमा प्रवेश गने ढोकामा निकै भीडभाड थियो । त्यहाँभित्र पस्न मानिसहरुले बारिकेड समेत तोडेका थिए । एकअर्कालाई धक्का दिँदै मानिसहरुले एकअर्कामाथि चढेर फेस्टिभल समेत हेरेका थिए ।