सियरालियोनमा ट्यांकर विस्फोट हुँदा ९१ जनाको मृत्यु, १०० भन्दा बढी घाइते – Nepal Press

सियरालियोनमा ट्यांकर विस्फोट हुँदा ९१ जनाको मृत्यु, १०० भन्दा बढी घाइते

सियोरालियोनमा तेल ट्यांकर विस्फोट हुँदा कम्तीमा ९१ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । सरकारले मृतकहरुको यकिन तथ्यांक सार्वजनिक नगरेपनि राजधानी मर्गुको केन्द्रिय फ्रिटाउनका एक व्यवस्थापकले ९१ वटा शवहरु आफूले व्यवस्थापन गरेको बताए ।

घाइते भएका सयभन्दा बढी मानिसहरु उपचारका लागि राजधानी सहर वरपरका अस्पताल र क्लिनिकमा भर्ना भएका छन् । घाइतेहरुमा चुहिएको ट्यांकरबाट तेल संकलन गर्न गएका कतिपय मानिसहरु समेत थिए । त्यहाँको राष्ट्रिय बिपद् व्यवस्थापन एजेन्सीका प्रमुख ब्रिमा बुरे सेसेले ट्यांकर विस्फोटपछि भएको आगलागीमा धेरैजनाले ज्यान गुमाएको बताए । ‘निकै डरलाग्दो दुर्घटना भयो’ उनले भने ।

सामाजिक संजालमा सेयर गरिएका तस्बिरमा घाइतेहरु आगोबाट नराम्रोसँग जलेको देख्न सकिन्छ । आगलागीमा त्यस वरपरका पसल र घरमा समेत क्षति पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर