१९ वर्षीया किशोरी बनिन् एमालेको उपाध्यक्ष – Nepal Press

१९ वर्षीया किशोरी बनिन् एमालेको उपाध्यक्ष

काठमाडौं । राजनीतिमा युवा महिलाको सहभागिता बढिरहेको छ भन्ने उदाहरण बनेकी छन् इलाम माङसेबुङकी १९ वर्षीया सुनिला राई । ‘आइ हेट पोलिटिक्स’ भन्ने पुस्ताको प्रतिनिधित्व गर्दै सुनिला नेकपा एमालेको वडा उपाध्यक्ष निर्वाचित भएकी छन् ।

माङसेबुङ गाउँपालिका वडा नम्बर ३ को एमालेको अधिवेशनबाट स्नातक अध्ययनरत राई उपाध्यक्षमा निर्वाचित भएकी हुन् । बुधबार सम्पन्न भएको अधिवेशनले टनबहादुर साम्बालाई अध्यक्ष चयन गरेको थियो ।

बुवा समेत एमालेको राजनीतिमा रहेकाले आफू पार्टीमा आकर्षित भएको बताउँदै उनले आउने स्थानीय चुनावमा भने २१ वर्ष उमेर नपुग्ने भएकाले उम्मेदवार बन्न नपाए पनि पार्टी जिताउन खटिने बताइन् ।

पढाइ र राजनीतिलाई सँगै लैजान सकिने भन्दै उनले युवा पुस्ताले नै अब केपी ओलीले भन्ने गरेको समृद्ध नेपाल,सुखी नेपालीको नारा साकार पार्ने दावी गरिन् ।


प्रतिक्रिया

One thought on “१९ वर्षीया किशोरी बनिन् एमालेको उपाध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर