जाजरकोटमा मिनी ट्रक दुर्घटना, दुई जनाको मृत्यु

२०७८ कार्तिक १९ गते ७:४८

जाजरकोटमा मिनी ट्रक दर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुर्खेतबाट जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा ठेगाना नखुलेका दिलबहादुर शाही र नाम नखुलेका एक अर्का जनाको ज्यान गएको छ । १० जना सवार रहेकोमा एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
आसिका खड्का, करिश्मा रावत, दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन् । धनबहादुर चालक हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर