नेपालका सय हलबाट रिलिज हुँदै अक्षय-कट्रिनाको ‘सूर्यवंशी’, क्यूएफएक्समै ५८ सोज – Nepal Press

नेपालका सय हलबाट रिलिज हुँदै अक्षय-कट्रिनाको ‘सूर्यवंशी’, क्यूएफएक्समै ५८ सोज

काठमाडौं । अक्षय-कट्रिना स्टारर ‘सूर्यवंशी’लाई नेपाली मल्टिप्लेक्स फिल्म हलहरुले उत्साहजनक सोज प्रदान गरेका छन् । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले शुक्रबार पहिलो दिनमै ५८ सोज दिएको छ ।

कोभिड-१९ महामारीको दोस्रो लहरपश्चात हल खुलेपछि कुनै फिल्मले पाएको यो सर्वाधिक सोज संख्या हो । नेपाली फिल्म पण्डितहरुले ‘सूर्यवंशी’लाई कोरोनाले थलिएको नेपाली फिल्मलाई चलायमान बनाउने ‘ट्रेन्ड-सेटर’को रुपमा व्याख्या गरेका छन् ।

बिग मूभिजले शुक्रबार सूर्यवंशीलाई ११ सोज दिएको छ । वान सिनेमाज्ले ६ सोज दिएको छ । पोखराको मिडटाउन सिनेमाजले सात सोज, आइएनआइ सिनेमाजले ९ सोज, एफक्यूब सिनेमाजले १२ सोज दिएका छन् ।

ब्यांकटेस इन्टरटेनमेन्टले यो फिल्मलाई मुलुकका १ सयवटा फिल्म हलबाट प्रदर्शन गर्दैछ । कम्पनी निर्देशक मनोज राठीले महामारीले देखिएको खडेरीलाई सूर्यवंशीले तोड्ने आशा व्यक्त गरे । क्यूएफएक्समा मात्र लाबिम, छायाँ र सिभिल मलस्थित हलमा एड्भान्स बुकिङ राम्रो देखिएको छ ।

‘दशैंपछि रिलिज भएका केही अंग्रेजी फिल्मले खास दर्शकलाई तानेका थिए । अब भने सूर्यवंशीले फेमिली दर्शकलाई आकर्षण गर्न सक्ने विश्वास हामीले लिएका छौं’ वान सिनेमाज प्रमुख प्रज्वल राणाले नेपाल प्रेसलाई भने, ‘पारिवारिक दर्शकलाई हलसम्म तान्न सूर्यवंशी महत्वपूर्ण हुनसक्छ ।’

शुक्रबार नै मार्भल स्टूडियोको हलिउड फिल्म ‘साङ ची एन्ड द लिजेन्ड अफ दी टेन रिङ्स’ प्रदर्शनमा आउनेछ भने आज बिहीवार लक्ष्मीपूजाको दिनदेखि नेपाली फिल्म धुम–४ केही सिंगल स्क्रिनमा प्रदर्शनमा आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर