देउवाले भने- टोपी लगाएको हुनाले जो बाइडेनले मलाई टाढैबाट चिनिहाले – Nepal Press

देउवाले भने- टोपी लगाएको हुनाले जो बाइडेनले मलाई टाढैबाट चिनिहाले

काठमाडाैं । प्रधानमन्त्री शेरवहादुर देउवाले नेपालको बारेमा अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि बेलायती र भारतीय प्रधानमन्त्रीको राम्रो सद्भाव रहेको बताएका छन् ।

कोप २६ मा भाग लिएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीले आफूले विश्वका नेताहरुसँग राम्रो कुरा गरेको बताए ।

देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताउँदै नेपालप्रति भारतको सद्भाव बढेको बताए । मोदीले आफूलाई पनि निम्ता दिएको देउवाले बताए ।

देउवाले आफूलाई अमेरिकी राष्ट्रपतिले टाढैबाट चिनेर बोलाएको समेत बताए ।

देउवाले भने, ‘जो बाइडेनसँग पनि रिसेप्सनमा राम्रोसँग कुरा भयो । टोपी लगाएर गएको हुनाले उनले टाढैबाट मलाई चिनिहाले । उनी नेपाल आएका रहेछन् । नेपालप्रति राम्रो सद्भाव छ । बोरिस जोन्सनको पनि नेपालप्रति राम्रो सद्भाव पाएँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर