कोप-२६ मा सहभागी भएर प्रधानमन्त्री देउवा स्वदेश फर्किए – Nepal Press

कोप-२६ मा सहभागी भएर प्रधानमन्त्री देउवा स्वदेश फर्किए

काठमाडौ । स्कटल्याण्डमा भइरहेको रास्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) अन्तर्गत विश्व नेताहरुको सम्मेलनमा भाग लिएर प्रधानमन्त्री शेरबहादुर देउबा आज स्वदेश फर्किएका छन् ।

कतार एयरवेजको बिमानबाट प्रधानमन्त्रीसहितको प्रतिनिधिमन्डल ८:३० बजे काठमाडौं बिमानस्थलमा अवतरण गरेको थियो ।

त्रिभुवन बिमानस्थलमा गृहमन्त्री बालकृष्ण खाँणलगायतले देउवालाई स्वागत गरे । २० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै देउवा गत साता संयुक्त अधिराज्यको स्कटल्यान्डस्थित ग्लास्गो सहर गएका थिए ।

बेलायतमा रहँदा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी रास्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसहित विभिन्न मुलुकका सरकार प्रमुख तथा राष्ट्रप्रमुखलाई भेटेका थिए ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा देउवाले नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जनलाई पूर्णरुपमा हटाउने प्रतिबद्धता लिएको बताए । सोहीअनुसार सरकारले योजना बनाएको उनले जनाए ।

चाँडै सगरमाथा संवाद आयोजना हुने र यसमा सहभागी हुन विश्व नेताहरुलाई पत्र पठाइने समेत उनले जनाए । गैरआवासीय नेपाली संघ एनआरएनए चुनावमा सरकारले हस्तक्षेप नगरेको दावी गर्दै उनले चुनाव गर्न एनआरएनए स्वतन्त्र भएको बताए ।

भारतीय प्रधानमन्त्री मोदीले आफूलाई भारत भ्रमणको निम्तो दिएको बताउँदै उनले मोदी पनि चाँडै नेपाल भ्रमण गर्न चाँडै आउने जानकारी उनले दिए । मुक्तिनाथ र पशुपतिनाथ भ्रमण गर्न मोदी आउने कुरा उनले बताए ।

देउवालाई स्वागत गर्न विमानस्थलमा गृहमन्त्री बालकृष्ण खाँड, संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, रक्षामन्त्री मीनेन्द्र रिजाल, बेलायती राजदूत निकोला पोलिट पुगेका थिए । परराष्ट्र सचिव भरतराज पौड्यालले प्रधानमन्त्रीको स्कटल्यान्ड भ्रमणबारे जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर