प्रधानमन्त्री देउवा भोलि बिहान स्वदेश फर्कदैँ – Nepal Press

प्रधानमन्त्री देउवा भोलि बिहान स्वदेश फर्कदैँ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्य (बेलायत)को ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप-२६) को पक्षको २६औँ सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लिई भोलि बिहीबार स्वदेश फर्कँदै छन् ।

यही नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही कात्तिक १२ गते लण्डन प्रस्थान गरेका थिए । प्रधानमन्त्री नेतृत्वको टोली आज स्थानीय समय दिउँसो १ः५५ बजे इडेनवर्गबाट कतार एयरवेजको उडानबाट दोहा हुँदै भोलि बिहान काठमाडौँ आइपुग्नेछ । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप-२६ मा सहभागी रहेकाले उनीबाहेक भ्रमण टोलीमा रहेका अन्य सबैजना स्वदेश फर्किंदै छन् ।

प्रधानमन्त्री देउवाले नोभेम्बर १ मा कोप-२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी भई वल्ड लिडर समिटलाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री देउवाले भ्रमणका क्रममा विभिन्न राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर