जोन केरीको उपस्थितीमा नेपालले गर्‍यो ‘लिफ’ गठबन्धनको सम्झौतामा हस्ताक्षर – Nepal Press
कोप-२६

जोन केरीको उपस्थितीमा नेपालले गर्‍यो ‘लिफ’ गठबन्धनको सम्झौतामा हस्ताक्षर

ग्लास्गो । वन क्षेत्रमा लगानी वृद्धि गर्दै कार्बन उत्सर्जन र वन फँडानी रोक्ने उद्देश्यले गठित एक अन्तर्राष्ट्रिय गठबन्धन लिफमा नेपालले पनि हस्ताक्षर गरेको छ ।

स्कटल्यान्डको ग्लास्गोमा भैरहेको राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) अन्तर्गत आयोजित कार्यक्रममा नेपालको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनीले हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा अमेरिकी राष्ट्रपति जो बाइडेनका जलवायु विशेष दूत जोन केरी पनि उपस्थित थिए । नर्वे, अमेरिका र बेलायतले जलवायु लगानीसम्बन्धी अवधारणाको यो गठबन्धनको सुरुआत गरेका थिए ।

वन क्षेत्रमा लगानी गर्दै कार्बन उत्सर्जन घटाउने यो गठबन्धनको उद्देश्य हो । कार्यक्रममा बोल्दै अर्थ सचिव मरासिनीले वन संरक्षण र व्यवस्थापनका लागि नेपालले सामुदायिक अभ्यास गरेको बताए ।

नेपालले गरिरहेको वन व्यवस्थापन सम्बन्धी यो अभ्यासको अध्ययन र अवलोकनका लागि अर्थसचिवले दक्षिण-दक्षिण र दक्षिण-उत्तरी गोलाद्र्धका मुलुकहरुलाई नेपाल आउन आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर