नेपाल प्रेसमा कलाकारले खेले देउसी : बद्री पंगेनीदेखि शिला आलेसम्मले दिए प्रस्तुुति (तस्बिरहरु) – Nepal Press

नेपाल प्रेसमा कलाकारले खेले देउसी : बद्री पंगेनीदेखि शिला आलेसम्मले दिए प्रस्तुुति (तस्बिरहरु)

काठमाडौं । आजदेखि तिहार यमपञ्चक सुरु भएको छ । बुधबार कागतिहार र कुकुरतिहार मनाइँदैछ । पाँचदिनसम्म हर्षोल्लासपूर्वक मनाइने तिहारको प्रमुख आकर्षण नाचगान र देउसीभैलो पनि हो ।

तिहारको अवसरमा नेपाल प्रेसले मंगलबार बेलुका आफ्नो कार्यालय परिसरमा देउसीभैलो कार्यक्रमको आयोजना गर्‍यो । लोकदोहोरी गायक बद्री पँगेनी र शीला आलेले देउसी–दोहोरी पनि प्रस्तुत गरे ।

पछिल्लो छिमलका कलाकार युवराज चौलागाइँ, डिजराज पौडेल, अनिता चलाउने, सिर्जु अधिकारी, सुरेश रावलले गायकी प्रस्तुत गरे । कमेडियन राजा राजेन्द्रले पनि हाँस्यव्यंग्य प्रस्तुति गरे । नेपाल प्रेस आज बेलुका सात बजे आफ्ना सामाजिक संजालमार्फत देउसीभैलो कार्यक्रम प्रिमियर गर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर