तिहार लक्षित कुचो बनाउन भ्याइनभ्याइ (तस्बिरहरु) – Nepal Press

तिहार लक्षित कुचो बनाउन भ्याइनभ्याइ (तस्बिरहरु)

काठमाडौं । तिहार शुरु भएसँगै राजधानीको सुकेधारास्थित गोरखनाथ कुचो सप्लायर्सका कामदार कुचो बनाउन व्यस्त छन् ।

तिहार नजिकिएसँगै कुचो बढी बिक्री हुने भएकाले कामदारहरु काममा व्यस्त भएका हुन् । उनीहरुले कुचो बनाएको प्रति गाेटा ५ रुपैया लिने गर्दछन्।

लक्ष्मीपूजाको दिन डोको, डालो, नाङ्लो र कुचोको पूजा हुने भएकाले यसको बिक्री तिहारमा बढ्छ ।  गत वर्षभन्दा यस वर्ष कुचो कम बिक्री भएको सप्लायर्सका संचालक रामप्रसाद बलाखे बताउँछन् । तिहारमा नयाँ कुचोले घर सफा गरेपछि लक्ष्मी भित्रने जनविश्वास रहेको छ ।

तस्बिर सराेज बैँजु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर