मंगलबार ४६९ कोभिड बिरामी थपिए, ११ जनाको मृत्यु – Nepal Press

मंगलबार ४६९ कोभिड बिरामी थपिए, ११ जनाको मृत्यु

मनाङ, मुगु र हुम्लामा संक्रमण शून्य

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ४६९ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २८७ वटा नमुना (७११५ पीसीआर र ३१७२ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधिमा थप ११ जना कोभिड संक्रमितको मृत्यु भएको छ । ५५५ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ९ हजार १७४ छ ।

पछिल्लो २४ घण्टामा ८० हजार ८१८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुरमा ५०० भन्दा सक्रिय संक्रमित छन् । मनाङ, मुगु र हुम्लामा संक्रमित संख्या शून्य छ । १० जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।

कूल संक्रमित संख्या ८ लाख १३ हजार ४३३ छ । कूल निको हुने संख्या ७ लाख ९२ हजार ८३२ छ । कूल मृतक संख्या ११ हजार ४२७ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर