सर्वोच्चमा फेरि गतिरोध, असन्तुष्ट न्यायाधीश इजलास छाडेर बैठकमा – Nepal Press

सर्वोच्चमा फेरि गतिरोध, असन्तुष्ट न्यायाधीश इजलास छाडेर बैठकमा

काठमाडौं । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालतका न्यायधीशहरूबीचको तनाव अझै लम्बिने संकेत देखिएको छ । असन्तुष्ट न्यायाधीशहरू आज फेरि ‘हड्ताल’ मा उत्रेका छन् ।

आठौं दिनपछि हिजो न्यायाधीशहरू इजलास फर्किएपछि समस्या समाधानउन्मूख बनेको आशा पलाएको थियो । तर, आज सर्वोच्चमा इजलास नबसेको सूचना दिइएको छ । इजलास बहिष्कार गरेर न्यायाधीशहरू बैठक बसिरहेका छन् ।

अदालतको गतिरोध अन्त्य गर्न असन्तुष्ट न्यायाधीशहरूले ३ जना न्यायाधीशको वार्ता टोली बनाएका थिए । प्रधानन्यायाधीशले ‘ग्रेसफुल एक्जिट’ चाहेको सन्देश पठाएको भन्दै वार्ता टोलीले त्यस्तो ‘एक्जिट’ को अर्थ खोजिरहेका छन् ।

्प्रधानन्यायाधीशले आफ्नो मार्गचित्र दिएपछि असन्तुष्ट न्यायाधीशहरूको बैठक बसिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर