सरकारी स्कुलका विद्यार्थीलाई संवैधानिक निकायको बारेमा पढाउदै मधेशी आयोगका अध्यक्ष डा.दत्त


जनकपुर । प्रदेश २ को अनुगमनमा रहेका मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले विभिन्न सरकारी विद्यालयहरुमा पुगेर संवैधानिक निकायहरुको बारेमा पढाएका छन् ।
आयोगका अध्यक्ष दत्तले जनकपुरधाममा रहेको श्री सकल कन्या माध्यमिक विद्यालयमा पुगेर कक्षा ९ र १० का छात्राहरुलाई नेपालको संविधानले नागरिकलाई दिएका अधिकारहरु तथा संबैधानिक निकायहरु को बारेमा पढाएका हुन् ।
उनले सो विद्यालयका प्रधानध्यापक तथा शिक्षकहरुसँग विद्यालयकोअवस्था बारे जानकारी लिए ।अध्यक्ष डा.दत्तले प्रदेश २ को महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा रहेको नेपालको प्रथम गुरुकुल राष्ट्रिय संस्कृत माध्यमिक विद्यालयमा पुगेर त्यहाँ अध्ययनरत विद्यार्थीहरुसँग अन्तर संवाद समेत गरे ।
उनले विद्यार्थीहरुलाई नेपालको संविधानमा उल्लेखित संवैधानिक निकायहरुबारे जानकारी गराए ।