मुख्यमन्त्री निश्चित भएपछि खुशी साट्दै राजेन्द्र राईले स्याम्पेन फोडे (भिडियो) – Nepal Press

मुख्यमन्त्री निश्चित भएपछि खुशी साट्दै राजेन्द्र राईले स्याम्पेन फोडे (भिडियो)

इटहरी । ६८ दिनको कार्यकाल सकेर आज प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यले राजीनामा दिए । अब नयाँ मुख्यमन्त्री बन्ने बाटोमा छन् नेकपा (एस)का नेता राजेन्द्र राई ।

पाँच दलको गठबन्धनले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई पत्र लेखेर राईलाई मुख्यमन्त्री प्रस्ताव गरिसकेको छ । प्रदेश प्रमुख प्यासीले मंगलबार दिउँसो १ बजेसम्म मुख्यमन्त्रीको नाम प्रस्तावको समय दिएका छन् । सबै कुरा यथावत रहेमा मंगलबार राजेन्द्र राई मुख्यमन्त्री नियुक्त हुँदैछन् ।

मुख्यमन्त्रीमा निश्चिततासँगै इटहरीमा ‘बधाई पार्टी’ आयोजना गरिएको छ । इटहरीको महंगो होटल इन टुरिष्टमा आज पार्टी आयोजना भएको हो । पार्टीमा शुभेच्छुकले उपलब्ध गराएको केक काटेर राईले खुशी साटेका थिए । केकमा राईलाई ‘प्रदेश १ को मुख्यमन्त्री बनेकोमा बधाइ’ लेखिएको थियो । उनले स्याम्पेन पनि फोडे ।

पार्टीमा राईकी पत्नी शोभा पाठक पनि सहभागी थिइन् । राई दम्पत्तिले संयुक्तरुपमा मदिराको चुस्की लिएको भिडियोमा देखिन्छ । पार्टीमा करिब एक दर्जन व्यक्तिको उपस्थिति देखिएको छ ।

राईका एक शुभचिन्तकले मुख्यमन्त्री बन्ने निश्चित भएकाले पार्टी आयोजना गरिएको बताए । सहभागीहरुले सामान्य मदिराको चुस्की लिएको उनको भनाइ छ ।

राईको पार्टी नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले केन्द्र सरकारमा आफ्नो पार्टी सहभागी भएपछि निर्देशन दिँदै मदिरा नपिउन सल्लाह दिएका थिए । अध्यक्षको निर्देशन बिर्सेर भावि मुख्यमन्त्री राई मदिरा पार्टीमा रमाएका हुन् ।


प्रतिक्रिया

One thought on “मुख्यमन्त्री निश्चित भएपछि खुशी साट्दै राजेन्द्र राईले स्याम्पेन फोडे (भिडियो)

  1. राई दम्पतीलाई ठुलै चाड आएको भान भयो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर