१२५ सीसीको टीभीएस रेडरको बुकिङ खुल्ला, यस्तो छ विशेषता – Nepal Press

१२५ सीसीको टीभीएस रेडरको बुकिङ खुल्ला, यस्तो छ विशेषता

काठमाडौं । जगदम्बा मोटर्सले टीभीएस मोटर कम्पनीको नेपाली युवालक्षित १ सय २५ सीसी अत्याधुनिक फिचर्सको नयाँ मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको छ ।

सार्वजनिक नयाँ स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आई-टच स्टार्ट, एनिमलिस्टिक एलईडी हेड ल्याम्प रहेको छ । जगदम्बा मोटर्सले आजबाट नयाँ बाइकको बुकिङ खुल्ला गरेको छ ।

मोटरसाइकलमा पृथक माचो पर्सनालिटी दिइएको छ । यसलाई अझ झल्काउनका लागि विशेष लोगोको प्रयोग गरिएको छ ।

टीभीएस रेडरमा १२४।८ सीसी एयर तथा आयल कुल्ड अत्याधुनिक थ्रीभी ईञ्जिनको प्रयोग गरिएको छ । यसले ६ हजार ५ सय आरपीएममा ११।५ एनएम टर्क र ८००० आरपीएममा १२।९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ । यो मोटरसाइकलले श्रेणीमै उत्कृष्ट ० देखि ६० किलो मिटर प्रतिघण्टाको एक्सिलिरेशन मात्र ५।७ सेकेण्डमा प्राप्त गर्ने क्षमता राख्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर