घाँटी नअड्कली हड्डी निल्न खोज्दा बैंकिङ प्रणालीमा तरलता अभाव: गभर्नर अधिकारी – Nepal Press

घाँटी नअड्कली हड्डी निल्न खोज्दा बैंकिङ प्रणालीमा तरलता अभाव: गभर्नर अधिकारी

काठमाडौ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘गहिरिँदो तरलता अभावः कारण र समाधान’सम्बन्धी आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप संकलनको तुलनामा कर्जाको माग बढी भएकाले तरलतामा चाप परेको बताएका छ्न् ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ३५१ कर्जा लगानी हुँदा निक्षेप ७० अर्ब मात्रै रहेको अधिकारीले बताए । स्रोत बिनाको लगानी बढ्दा ‘मिसम्याच’को अवस्था आएको अधिकारीले बताए । ‘घाँटी हेरेर हाड नलिल्दा तरलताको समस्या आएको हो’, उनले भने ।

कोभिड १९ पछिको पुनःउत्थानका लागि लगानीको माग बढ्दा तरलता अभावको अवस्था देखिएको उनले बताए ।

नेपालको बैंक तथा वित्तीय सस्थाको लगानी सरकारी सुरक्षणमा ७ खर्ब लगानी रहेकाले त्यसको उपयोग गर्न गरेर अल्पकालीन तरलता अभाव समस्या गर्न गर्न सकिने अधिकारीले बताए ।

सिडी अनुपात कायम गरेका बैंक तथा वित्तीय संस्थाले सरकारी ऋणपत्रका आधारमा ८० प्रतिशतसम्म तरलता प्राप्त गर्छन् । बैक तथा वित्तीय संस्थाले लिएको एसएलेफ घटाएर मात्रै सरकारी ऋणपत्रका आधार बैंक तथा वित्तीय सस्थालाई राष्ट्र बैकले तरलता उपलब्ध गराउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर