माल्दिभ्सबाट २ लाख १६ सय डोज अस्ट्राजेनेका खोप काठमाडौं आइपुग्यो – Nepal Press

माल्दिभ्सबाट २ लाख १६ सय डोज अस्ट्राजेनेका खोप काठमाडौं आइपुग्यो

काठमाडौं । नेपाललाई माल्दिभ्स सरकारले दिएको दुई लाख एक हजार ६०० डोज अस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । कतार एयरवेजको नियमित उडानबाट आइतबार सो परिमाणको खोप काठमाडौं आईपुगेको स्वास्थ्य सेवा विभाग खोप आापूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बताए ।

उक्त खोपलाई टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिएको छ । खोपलाई केहीदिनपछि प्राथमिकताका आधारमा विभिन्न जिल्लामा पठाईने ढुङ्गानाले जनाए । यसअघि सार्क राष्ट्र भारत र भुटानबाट समेत कोभिडविरुद्धको खोप आईसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर