नेपालको स्वच्छ ऊर्जा विकासमा लगानी गर्न बेलायती उद्योगपतिलाई प्रधानमन्त्रीको आग्रह – Nepal Press

नेपालको स्वच्छ ऊर्जा विकासमा लगानी गर्न बेलायती उद्योगपतिलाई प्रधानमन्त्रीको आग्रह

लन्डन । प्रधानमन्त्री शेरबहादुर देउवा लन्डनमा विभिन्न कार्यक्रम तथा भेटवार्तामा व्यस्त भएका छन । उनीसँग आइतबार बेलायत सरकारका मिनिस्टर फर लण्डन र स्मल इन्डष्ट्रिज मन्त्री पल सोलीले शिष्टाचार भेट गरे ।

नेपालमा नवीन प्रविधि भित्र्याउन बेलायतको सहयोगको अपेक्षा गर्दै प्रधामन्त्री देउवाले ‘ग्रिन एण्ड क्लीन’ ऊर्जामा लगानीका निम्ति संयुक्त अधिराज्यका उद्योगपति व्यापारीलाई नेपाल गन्तव्य बनाउन आग्रह गरे । प्रधानमन्त्रीको आग्रहलाई सहर्ष स्वीकार गर्दै मन्त्री सोलीले बेलायत सरकार र उच्च निकायसँग थप छलफल गरेर निष्कर्षमा पुगिने र सक्दो सहयोगको प्रतिबद्धता जनाउनुभएको भेटमा सहभागी परारष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिए ।

आइतबार नै यहाँस्थित भूतपूर्व गोर्खा सैनिक सङ्गठनका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले बेलायती कानुनअनुसारको माग राख्न आग्रह गर्दै उनीहरुका समस्या समाधानमा नेपाल सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए । प्रधानमन्त्री देउवासँग वल्र्ड इनर्जी काउन्सिलका चिफ अपरेटिङ अफिसर तानिया बौम्यानले पनि भेटवार्ता गरे ।

प्रधानमन्त्रीको सम्मानमा लण्डनस्थित नेपाली दूताबासका कार्यवाहक राजदूत रोशन खनालले आयोजना गरेको समारोहमा सहभागी भए । उनले जलवायु परिवर्तनका असरले नेपालमा पारेको प्रभावलाई मुख्य मुद्दाका रुपमा प्रस्तुत गर्ने बताए ।

कोप–२६ मा नेपालको उपस्थितिबारे मन्तव्य व्यक्त गर्दै उनले भने, ‘पछिल्लो समयमा जलवायुजन्य विपद्ले पारेको प्रभाव, जलवायुजन्य हानी नोक्सानी, अनुकूलन र न्यूनीकरणलगायत विषय नेपालको धारणा राख्नेछु ।”

प्रधानमन्त्री देउवा आज र भोलि स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाकासंरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी हुनेछन् । प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादवसमेत छन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर