कोप-२६ : विश्व नेताहरुको सम्मेलन आजदेखि, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने – Nepal Press

कोप-२६ : विश्व नेताहरुको सम्मेलन आजदेखि, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

मोदी र श्रीलंकाली राष्ट्रपति भोलि भेट्ने

काठमाडौं । राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) मा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा गएराती लन्डनबाट स्कटल्यान्डको ग्लास्गो पुगेका छन् ।

सम्मेलन अन्तर्गत आज र भोलि विश्व नेताहरुको सम्मेलन हुँदैछ जहाँ सय मुलुकका सरकार प्रमुख र प्रतिनिधि सहभागी हुँदैछन् । स्कटल्यान्डको स्थानीय समयानुसार आज दिउँसो देउवाले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

साथै, देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति जो बाइडेनका जलवायू विशेष दूत जोन केरी लगायतका विभिन्न मुलुकका सरकार प्रमुख र प्रतिनिधिलाई भेट्ने कार्यक्रम छ ।

भारतीय समकक्षी मोदी र श्रीलंकाली राष्ट्रपतिसँग मंगलबार बिहान भेट्ने कार्यक्रम छ । देउवा आइतबार राती लन्डनबाट स्कटल्यान्डको इडिनवर्ग हुँदै ग्लास्गो पुगेका हुन् ।

सम्मेलन औपचारिकरुपमा आइतबारदेखि सुरु भएको छ । अक्टोबर ३१ देखि ग्लास्गोमा सुरु भएको सम्मेलन नोभेम्बर १२ सम्म चल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर