आसिफ अलीको ‘गनसट’ सेलिब्रेसनप्रति अफगानिस्तानका राजदूतको आलोचना – Nepal Press

आसिफ अलीको ‘गनसट’ सेलिब्रेसनप्रति अफगानिस्तानका राजदूतको आलोचना

काठमाडौं । पाकिस्तानी क्रिकेटर आसिफ अलीले शुक्रबार भएको अफगानिस्तानविरुद्धको खेलमा उतकृष्ट प्रर्दशन गरेपछि उनको प्रशंसा खुलेर भइरहेको छ ।

उक्त खेलमा २ ओभर बाँकी रहँदा पाकिस्तानलाई जित निकाल्न २४ रनको आवश्यकता थियो । आसिफले लगातार चार छक्का हानेर टोलीलाई जित दिलाएका थिए । त्यसपछि सामाजिक सञ्जालमा उनको चर्चाले शिखर चुमेको छ ।

तर, शनिबार अफगानिस्तानका राजदूत एम अशरफ हैदरीले श्रीलंकामा आसिफको आलोचना गरे । उनले उक्त खेलमा ब्याटलाई बन्दुक जसरी समातेर सेलिब्रेसन गरेका थिए ।

हैदरीले उनको त्यो सेलिब्रेसनलाई आलोचना गर्दै ट्विटरमा लेखेका छन्, ‘अफगानिस्तानका खेलाडीहरूले पाकिस्तानी क्रिकेट टोलीलाई कडा चुनौती दिएका थिए ।  खेल भइरहँदा पाकिस्तानका मुख्य खेलाडी आसिफ अलीले ब्याट बन्दुक जसरी देखाउनु आक्रामक शैली र लज्जास्पद कार्य हो । यो सबै भन्दा माथि खेल एक स्वस्थ प्रतिस्पर्धा, मित्रता र शान्तिसँग जोडिएको हुन्छ । युद्धका लागि पनि समय आँउछ ।’

आसिफले गरेको बन्दुक वाला सेलिब्रेसन पहिले देखिनै भाइरल थियो । तर, हैदरीको आलोचना पटि यो फोटो विवादको विषय बनेको छ ।

पाकिस्तानी खेल पत्रकार अब्दुल गफ्फारले एउटा फोटो पोष्ट गर्दै लेखेका छन्, ‘भारतीय पूर्व कप्तान एमएस धोनीले पनि जयपुरमा भएको श्रीलंका विरुद्धको खेलमा यहि सलिबे्रसन गरेका थिए । तर, श्रीलंकन समझदार छन् । र, उनीहरुले क्रिकेट राम्रो भावनाले खेल्छन् । खेललाई राजनीति सँग नमिसाउनुस् ।’

धोनीको ‘गनसट’ तस्वीरको चर्चा

यो तस्वीर विवाद भएपछि आसिफ र धोनीको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सन् २००६ मा धोनीले श्रीलंका विरुद्धको एकदिवसीय खेलमा शतक पूरा गरेपछि यसरी नै ब्याट समाएका थिए ।

धोनीभन्दा पहिले क्रिकेट जगतका महान् खेलाडी भिभिन रिचार्डले पनि यस्तै सेलिब्रेसन गरेका थिए । र, अहिले उनको यो तस्वीर पनि भाइरल भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर