टेबल टेनिस तालिम सम्पन्न – Nepal Press

टेबल टेनिस तालिम सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को सहयोगमा अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित महिला जुनियर टेबलटेनिस तालिम सम्पन्न भएको छ ।

लैगिक जनचेतना, भविष्यमा महिला नेतृत्वका लागि प्रेरित गर्नेलगायतका उद्देश्यसहित आईटीटीएफको पाइलट प्रोजेक्ट ‘माइ जेन्डर, माइ स्ट्रेन्थ’ अन्तर्गत सञ्चालित तालिम काठमाडौं र विराटनगरमा सञ्चालन गरिएको थियो ।

दुवैमा समान २६-२६ खेलाडीको सहभागिता रहेको टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले जनाएका छन् । विश्वका १५ राष्ट्रमा यस प्रकारको तालिम पहिलो पटक आयोजना गरिएको कार्यक्रम संयोजक टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जानकारी गराए । उक्त तालिमको विराटनगरमा विकेन थापालाई जिम्मेवारी दिइएको थियो ।

काठमाडौंमा सन्ध्या शाक्य, मुना बासुकला, तेजेन्द्रसिंह महरा, रिता प्रजापति, सुलोचना सिजाख्वा, नरेश रावल, गीता शाह र नविता श्रेष्ठले खेललगायत विविध पक्ष बारे सहभागीलाई प्रशिक्षण दिएका थिए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सात दिने तालिममा सहभागीहरुको प्रतियोगितासमेत आयोजना गरिएको थियो । सहभागीलाई संघीय सांसद नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।

उक्त कार्यक्रमपछि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा स्थापना गरिएको दक्षिण एसियाली टेबलटेनिस संघको कार्यालयको पनि अध्यक्ष श्रेष्ठले उद्घाटन गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर