कर्णालीका मुख्यमन्त्रीलाई प्रचण्डको निर्देशन–तत्काल राजीनामा नदिनू,तपाईकै नेतृत्वमा चुनावमा जाने हो – Nepal Press

कर्णालीका मुख्यमन्त्रीलाई प्रचण्डको निर्देशन–तत्काल राजीनामा नदिनू,तपाईकै नेतृत्वमा चुनावमा जाने हो

सुर्खेत । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले तत्काल राजिनामा नदिन कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई निर्देशन दिएका छन । “हामी नया सहमति गर्दैछौं । अहिले राजिनामा नदिनुस ।” मुख्यमन्त्री शाहीसङ्ग फोनमा कुरा गर्दै प्रचण्डले भने,”कर्णाली हाम्रो आधार क्षेत्र हो । तपाइकै नेतृत्वमा चुनाबमा जाने हो ।”

नेपाल प्रेससँग कुरा गर्दै मुख्यमन्त्री शाहीले आफूलाई राजीनामा नगर्न अध्यक्ष प्रचण्डले निर्देशन दिएको बताए । उनले माधव नेपालले पनि आफ्नै निरन्तरता चाहेकाले कांग्रेसलाई मुख्यमन्त्री नछाड्ने बताए ।

कर्णालीमा कात्तिक १५ पछि कांग्रेसका जीवन शाहीले मुख्यमन्त्री दावी गरेका छन् । सहमतिविपरित माओवादी र मुख्यमन्त्री अघि बढेकोमा उनी अशन्तुष्ट छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर