च्यासलमा महाधिवेशन केन्द्रित एमाले केन्द्रीय कमिटी बैठक (तस्बिरहरू) – Nepal Press

च्यासलमा महाधिवेशन केन्द्रित एमाले केन्द्रीय कमिटी बैठक (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा जारी बैठकले हिजोको स्थायी समिति बैठकका निर्णय अनुमोदन गर्नेछ ।

त्यसबाहेक बैठकले कात्तिक ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षा साथै आसन्न दशौं राष्ट्रिय महाधिवेशनको बारेमा आवश्यक निर्णयसमेत गर्नेछ ।

हिजो बसेको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तयार गरेको थियो । त्यसलाई अनुमोदन गर्ने कार्यतालिका रहेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

त्यस्तै १० बुँदे सहमतिअन्तर्गत कार्यान्वयन हुन बाँकी रहेका बुँदामा आवश्यकताअनुसार निर्णय हुने भएको छ । भीम रावल, घनश्याम भुसाललगायतका नेताहरूले १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयनमा जोड दिइरहेका छन् ।

मंसिर १० देखि १२ सम्म चितवनमा हुने निर्णय भएको दशौं राष्ट्रिय महाधिवेशनस्थलबाट फर्केका मूल व्यवस्थापन समहितिका सहसंयोजक सुरेन्द्र पाण्डेले त्यहाँ भइरहेका तयारीबारे आजको बैठकमा ‘ब्रिफिङ’ गर्नेछन् ।

एमालेको राष्ट्रिय महाधिवेशन चिवतनको नारायणगढस्थित नारायणी किनारमा उद्घाटन र पर्यटकीय क्षेत्र सौराहामा बन्द सत्र सन्चालन गर्ने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर