नियमित पठनपाठन नगरेको भन्दै विद्यार्थीले कुटे प्रधानाध्यापक


जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाको रघुनाथपुरस्थित फकिर चन्द उच्च माध्यमिक विद्यालयका विद्यार्थीले नियमित पठनपाठन नभएको भन्दै प्रधानाध्यापक बैजु साहमाथि हातपात गरेका छन् । विद्यालयबाट निस्कन लागेका प्रधानाध्यापमकलाई विद्यार्थीले हातपात गरेका हुन् ।
मोटरसाइकल चढेर विद्यालयबाट निस्कन लाग्दा विद्यार्थीले बैजुमाथि चप्पल प्रहार गरेका थिए ।
नियमित पठन–पाठन हुनुपर्ने, शिक्षकको व्यवस्थापन हुनुपर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बिल विद्यार्थीहरुले पाउनुपर्ने, कक्षा ११ र १२ का विद्यार्थीले पुस्तक पाउनुपर्ने र विद्यालयका नाममा आएका सामग्रीहरु विद्यालयमै राख्नुपर्ने विद्यार्थीको माग छ ।
विद्यार्थीहरुले चार दिनदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेका थिए ।