वार्नरको अर्धशतकमा श्रीलंकामाथि अस्ट्रेलियाको जित – Nepal Press

वार्नरको अर्धशतकमा श्रीलंकामाथि अस्ट्रेलियाको जित

एजेन्सी । आईसीसी ट्वान्टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह १ अन्तर्गत अस्ट्रेलियाले श्रीलंकामाथि ७ विकेटको प्रभावशाली जित निकाल्दै विजययात्रालाई कायम राखेको छ ।

१ सय ५५ रनको लक्ष्य पछ्याउने क्रममा ओपनर डेभिड वार्नरले ४२ बलमा ६५ रनको योगदान गरे । उनी १५औं ओभरमा आउट हुँदा अस्ट्रेलियालाई जितका लागि २५ रनमात्र चाहिएको थियो ।

स्टिभ स्मिथले अविजित २८ रन जोडे । स्टोइनिसले तीन ओभर अगावै खेलको अन्त्य गरे ।

श्रीलंकाको १५४-६ को योगफल दुवईको स्लो पिचमा प्रतिस्पर्धात्मक देखिएको थियो । तर उसका बलरहरु अस्ट्रेलियाली ओपनिङ जोडी वार्नर र कप्तान आरोन फिन्चका अगाडि फिका देखिए । फिन्चले ३७ रन बनाएका थिए । यो जोडीले ७० रनको सुरुआती साझेदारी गरेको थियोे ।

शनिबार अस्ट्रेलिया र इंग्लयाण्डबीच खेल हुनेछ । दुवै टोली आफ्नो शतप्रतिशत जितयात्रालाई कायम राख्ने प्रयासमा रहनेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर